बाढीपहिरोबाट अझै केही दिन सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोध 

दोलखा।

बाढीपहिरोबाट अझै केही दिन सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाको अनुरोध गरेको । प्रशासनले बुधबार एक सुचना सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार बाग्मती र कोसी प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।

गत असोज १० देखिको अति भारी बर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिंदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम रहेकाले  सचेत रहन भनेको छ। 

प्रशासनले सुचना मार्फत यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नु, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नु र नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन तथा पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा सर्न आग्रह समेत गरेको छ । 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता