दोलखा। दोलखामा निर्माणधिन सासा जलविद्युत् आयोजनाको बाँधस्थल पूर्णरुपमा क्षतिग्रस्त भएको छ। मङ्गलबार राति अविरल वर्षा सँगै आएको बाढीपहिरोले गौरीशंकर गाउँपालिका–७ खानी खोलाको बाढीले निमार्णाधीन सासा जलविद्युत् आयोजनाको बाँधस्थल पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो।
यहाँ ३० मेगावाट क्षमता भएको हाइड्रोपावर निर्माणधिन छ। बाढीपहिरोले यहाँको बाँधस्थल मात्र नभएर खानीखोला-१ ग्रीनलाइफ र यहाँका विभिन्न संरचना बगाउनु का साथै लेदोले पुरिदिएको पाइएको छ भने कुनैपनि मानवीय क्षेती भएको छैन।
बाढीपहिरोले क्षति भएपनि क्षतिको विवरण यकिन हुन भने सकेको छैन।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!