आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारबालक्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा एलिना सुवेदी प्रथम 

बालक्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा एलिना सुवेदी प्रथम 

by herdaherdaimedia
0 comments 7 views

दोलखा। गौतम टोल बालक्लवको आयोजनामा सम्पन्न भएको वक्तत्वकला प्रतियोगितामा एलिना सुवेदी प्रथम भएकी छन्। जिल्लाको भिमेश्वर नगरपालिका – ३ तिनधारमा शनिबार भएको “टोलटोलमा बालक्लवको भुमिका” विषयमा सुवेदी प्रथम भएकी हुन्।

त्यस्तै दितृय रेसिका सुवेदी,तितृय राजिव गौतम र सान्त्वना अन्जली गौतम भएकी छन्।बालक्लवको अध्यक्ष रशिर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम,दितृय , तृतीय र सान्त्वना हुने विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा उज्यालो भविष्य सँस्थाका अध्यक्ष राजन बस्नेतले स्टेसनरी सामाग्री पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलको भुमिका उज्यालो भविष्य सँस्था दोलखाका अध्यक्ष बस्नेत र आमाको माया छात्राबास दोलखाका प्रमुख गणेशकुमार प्रजाले निर्वाह गरेका थिए भने बुद्दिजिबी ,विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment