आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारबालबालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न सामाग्री वितरण

बालबालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न सामाग्री वितरण

by herdaherdaimedia
0 comments 8 views

राजकुमार भुजेल ,दोलखा। भिमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको गौरीशंकर बालगृहका बालबालिका तथा सेतीदेवी माध्यमिक विद्यालय ७ काउलेका विद्यार्थीहरुलाई न्यानो कपडा (सोएटर ) तथा खाध्यान्न सामाग्री वितरण गरिएको छ। लायन्स क्लब का संस्थापक Welvin Jones को १४५ औं जन्मदिवस को अवसरमा लायन्स क्लब अफ काठमाडौं तारकेश्वर, नेपालटारको सहयोगमा वितरण गरेको हो।

आइतबार क्लबका अध्यक्ष ईश्वर ढुङगाना द्वारा गौरीशङकर बालगृहका २१ जना बालबालिका र सेतीदेवी माविका ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा (सोएटर) तथा खाध्यान्न सामाग्री हस्तान्तरण गरेको क्लबका सदस्य ध्रुव खड्काले जानाकारी दिए।
यसअघि बालगृहका २१ जना बालबालिकाहरूलाई स्काउट पोशाक समेत वितरण गरेको बताइएको छ।

त्यस्तै क्लबका सचिव दामोदर बस्नेतको व्यवस्थापनमा समापन वितरण कार्यक्रममा कल्बका अध्यक्ष ढुङगाना,सह उपाध्यक्ष प्रमोद पौडेल, कोषाध्यक्ष पुष्करराज ढुङ्गाना , सदस्य खड्का,सेतीदेवी मावि काउलेका अध्यक्ष गाेकुल खड्का,महेन्द्रोदय माविका स्काउट शिक्षक मनिषा अधिकारी ,बालगृहका इन्चार्ज रमेश जैसी लगाएतको उपस्थिती रहेको थियो ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment