काठमाडौं। आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा १० वर्ष जेल सजाय सुनाएको छ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै अदालतले निजले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पनि निर्णय दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए।
सरकारी अभियोजनकर्ताहरूले बमजनलाई १२ देखि १४ वर्षको जेल सजाय माग गरेका थिए। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!