आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारबिकिशाको उपचारका लागि आर्थिक सहयोग

बिकिशाको उपचारका लागि आर्थिक सहयोग

by herdaherdaimedia
0 comments 8 views

हेर्दाहेर्दै डेक्स, दोलखा।

मुटुको भल्बमा प्वाल देखिएकि बिकिशा मुङ्गातीलाई उपचारको लागि आर्थिक सहयोग जुटेको छ ‌।भिमेश्वर नगरपालिका – ६ वडारे कि ११ वर्षिय मुङ्गातीलाई आर्थिक सहयोग जुटेको हो।

बुधबार सोहि नगरपालिका – ७ का सामाजिक अभियान्ता तथा समाजसेवी निरज बस्नेतले सुरु गरेको “बिकिशा मुङ्गाती बचाऊ” अभियानबाट उठेको ४३ हजार ६ सय पचास रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा भिमेश्वर – ७ का वडा सदस्य रघुनाथ कार्की लगाएत स्थानियहरुको उपस्थितीमा रहेको थियो। मुङ्गातीको उपचारका लागि आर्थिक अभाव देखिएपछि अभियान्ता बस्नेतले केहि महिना अघि सो अभियान सञ्चालन गरेका थिए।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment