काठमाडौं, भदौ ८ – बिरौटा समाज मेलुङले आइतबार काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। समाजसेवा र सांस्कृतिक जागरणको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिशाल खड्काको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजका सदस्यहरू, युवाहरू, दिदीबहिनीहरू र शुभेच्छुहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा दर्जनौँ व्यक्तिले रक्तदान गरेर जीवन बचाउने अभियानमा योगदान दिए भने, तीजको अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै शुभकामना आदान–प्रदान पनि गरिएको थियो।
बिरौटा समाज मेलुङका प्रतिनिधिहरूका अनुसार, यस्तो कार्यक्रमले समाजमा सहयोग, एकता र सेवा भावलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!