आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारबुधबारपनि सेयर बजार ओरालो लाग्यो

बुधबारपनि सेयर बजार ओरालो लाग्यो

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं । बुधबार पनि सेयर बजारमा ओरालो लाग्ने क्रमले निरन्तरता पायो । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज पनि दोहोरो अंकले नै घटेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६६ कम्पनीको बढेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३० अंकले घटेर ४६३ दशमलव ०७ विन्दुमा पुगेको छ । आज परिसूचकसँगै कारोबार रकम पनिमा पनि गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब बढीको कारोबार भएको सेयर बजारमा आज ६ अर्बभन्दा बढीको मात्रै कारोबार भएको छ ।

आज सेयर बजारमा ३१७ कम्पनीका १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँको कारोबार भएको छ।आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment