बोचमा रामेछाप जाँदै गरेको यात्रुबाहक बस दुर्घटना

राजकुमार भुजेल,दोलखा।

आज भीमेश्वर नगरपालिका – ८ बोच (चरङ्गे) मा रामेछाप जाँदै गरेको यात्रुबाहक बस दुर्घटना  भएको छ ।  काठमाडौंबाट रामेछापको गुप्तेश्वोर जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा पनि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख (डिएसपी) युवराज खड्काले बताए।

उनका अनुसार अहिले घटना स्थलबाट घाइतेहरुलाई उद्धार गरि उपचारकालागि सदरमुकाम चरिकोट पठाइएको छ भने दुर्घटनाले बन्द भएको बाटो सुचारु भएको छ।

अन्य विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता