बोच दुर्घटना अपडेट: ४२ जना घाइते, २ जनाको काभ्रे र ६ जनाको सदरमुकाममा उपचार हुदैँ 

 दोलखा।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबाहक बस बोचमा दुर्घटना हुदाँ ४२ जना घाइते भएका मध्ये ६ जनाको सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने २ जनाको धुलिखेल अस्पताल काभ्रेमा उपचार भैरहेको छ। बुधबार बिहान लामोसाँघु–जरी सडकखण्ड अन्तर्गत भिमेश्वर नगरपालिका – ८ बोचमा ओखलढुङगाकाे सिद्विचरण नगरपालिकाकाे गाम्नाङटारका लागि जाँदै गरेकाे प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर सडकमा दुर्घटनामा परेको थियो।

गम्भीर घाइते भएर धुलिखेल अस्पताल काभ्रेमा उपचारका लागि पठाएकोमा ७ वर्षिय आरोही खत्री र ३३ वर्षिय दिपा खत्री रहेका छन् ।त्यस्तै ६ जना सामुदायिक अस्पतालमा उपचार हुनेहरुमा ओखलढुंगा लिसंखु – ६ का ३२ वर्षिय सुर्य तिवारी,३७ वर्षिय अन्जु थापा,१२ वर्षीय सन्तोष खत्री,५५ वर्षिय पुर्ण बुढाथोकी,३१ वर्षीय उमा पौडेल,१४ वर्षिय ब्याङगल थापा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले बताए । उनका अनुसार अन्य घाईतेहरु भने सामान्य उपचार पछि डिस्चार्ज भएर आफ्नो गन्तव्य तर्फ लागेका छन्।

दुर्घटना पस्चात सवारीचालकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिएको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता