राजकुमार भुजेल,दोलखा।
काठमाडौंबाट रामेछापको गुप्तेश्वरको लागि छुटेको प्रदेश ३–०१ –००६ ख ४८४३नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ।
बिहिबार दिउँसो करिब २ बजे काठमाडौंबाट रामेछापको गुप्तेश्वरको लागि छुटेको यात्रुबाहक बस काठमाडौं – चरिकोट लामासाघुँ जिरी सडक खण्ड अन्तगर्त भिमेश्वर नगरपालिका – ८ बोच (चरङ्गे) मा दुर्घटना हुँदा बसमा सवार ६२ जना मध्ये १ जनाको मृत्यु भएको र १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।
उनका अनुसार रामेछाप उमाकुण्ड गाउँपालिका – ६ रोटेका २२ वर्षिय लोक वहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। अहिले श्रेष्ठको शव अस्पतालमै रहेको छ।
त्यस्तै घाईते हुनेहरुमा १३ जना मध्ये २ जनाको उपचार पछि डिस्चार्ज भएको र अन्यको च्छोरोल्पा, सामुदायिक र पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटना पछि प्रहरीले सवारीचालकलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त बसको सवारीचालकले चरिकोट तर्फ आउदै गरेको इलेक्ट्रोनिक भेनलाई जोगाउने क्रममा गाडि अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान छ।
यस्तो छ घाइतेहरुको विवरण:
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!