आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

ईन्जिनियर ओझाको खोजीका लागि दोलखावासीबाट पत्रकार सम्मेलन 

Home समाचारईन्जिनियर ओझाको खोजीका लागि दोलखावासीबाट पत्रकार सम्मेलन 

ईन्जिनियर ओझाको खोजीका लागि दोलखावासीबाट पत्रकार सम्मेलन 

by herdaherdaimedia
0 comments 3 views

काठमाण्डौं । दोलखाको भीमेश्वर नगरपालीका – २ डोक्छे टोल माईतिघर र कर्मथलो डोटी मौवा घर भई हाल ललितपुर सातदोबाटो यन्फा निवासी श्रीमती भिमा श्रेष्ठ ओझाकी श्रीमान् बर्ष ५४ को ई. डिल्लीराज ओझा गत बैशाख १३ गते ग्वार्खु चोकबाट विहान ८ः४० मा हराउनु भएको छ । निजको खोजीको लागि श्रीमती भिमा श्रेष्ठ ओझाको सहयोगको लागि दोलखावासीको सक्रियतामा किम्ची रेष्टुरेण्ट अनामनगरमा आज जेठ १० गते विहीवार ४ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 

डिल्लीराज ओझा गत बैशाख १३ गते ग्वार्खु चोकबाट विहान ८ः४० मा हराउनु भयो भनी श्रीमती भिमा श्रेष्ठले आफ्नो व्यक्तीगत सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गर्नु भएको थियो । यसै गरी बिभिन्न सूचना प्रविधीबाट खोजी कार्य जारी राख्दा राख्र्दै हालसम्म सम्पर्कमा नआएकोले दोलखावासीको विशेष सक्रियतामा आज ४ः३० बजे किम्ची रेष्टुरेण्ट अनामनगर काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । आफ्नो श्रीमान्को खोजी कार्यमा सहयोग पू¥याउन श्रीमती भिमा श्रेष्ठ ओझाले विशेष आग्रह सहित अनुरोधमा गरिएको उक्त पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका डिएसपी प्रह्लाद कार्कीले सरकार र सुरक्षा निकायको तर्फबाट हालसम्म भईरहेको र गरेको कार्य प्रगतीको बारेमा जानकारी दिनु भएको थियो । यसै गरी दोलखाका युवा समाजसेवी अधिवक्ता प्रविण प्रधानले प्रेश विज्ञप्ती वाचन गर्नु भएको थियो । 

श्रीमती भिमा श्रेष्ठ ओझाले आफ्नो हराई रहेको श्रीमान् डिल्लीराज ओझाको खोजी कार्यमा सहयोग गर्न उपस्थित पत्रकार तथा अन्य महानुभावहरुलाई आग्रह सहित अनुरोध गर्नु भएको छ ।उक्त कार्यक्रमको संयोजनमा सहयोग बाँपिझ्याला डटकमका तर्फबाट सम्पादक उपेन्द्र प्रधानले गर्नु भएको थियो । यसै गरी कार्यक्रममा सहभागी महानुभावहरुलाई खाजा व्यवस्थापनमा सहयोग समाजसेवी सकुना श्रेष्ठ मलेकु तथा शान्ती श्रेष्ठले गर्नु भएको थियो । यसै गरी कार्यक्रमलाई विशेष समायोजन सहयोग समाजसेवी अधिवक्ता प्रविण प्रधान र निज ओझाको सालाभाई विश्व श्रेष्ठले गर्नु भएको थियो ।

उक्त पत्रकार सम्मेलनमा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत, नेवाः पत्रकार राष्ट्रिय दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ कलाकार समाजसेवी मदनदास श्रेष्ठ, साहित्यीक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकाली, दोलखाली पत्रकार समाजका अध्यक्ष ज्ञानेन्द्र कार्की, नेपाल टेलिभिजनका समाचार शाखा प्रमुख मनोरह थापा, नेवाः देय् दवुका जिल्ला अध्यक्ष देवेन्द्र नारायण प्रधान, समकालिन एकता समाज नेपालका अध्यक्ष सकुना श्रेष्ठ,द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, प्रेम पूर्ण प्रताप फाउण्डेशनका अध्यक्ष शान्ति श्रेष्ठ, साथी कल्याणकारीका अध्यक्ष श्रेष्ठ र विभिन्न समाचार माध्यमबाट प्रतिनिधीत्व गर्नु हुने बरिष्ठ पत्रकार तथा दोलखाली सामाजिक व्यक्तीत्व र शुभचिन्तक महानुभावहरुकको व्यापक उपस्थिती रहेकोथियो । 

यिनै हुन् हराएका डिल्लीराज ओझा

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment