भिमेश्वरका मिर्गौला पिडित सञ्जिव केसीलाई झण्डै डेढ लाख आर्थिक सहयोग 

दोलखा। भिमेश्वर नगरपालिकाका मिर्गौला पिडित सञ्जिव केसिलाई झण्डै डेढ लाख आर्थिक सहयोग जुटेको छ। जिल्लाको भिमेश्वर नगरपालिका – ७ टाडीका २५ वर्षिय सञ्जिव केसीलाई १ लाख ३८ हजार दुइ सय रुपैयाँ सहयोग जुटेको हो ।

 सोही वडा उखुबारी निबासी सामाजिक अभियन्ता निरज बस्नेतले सुरु गरेको ” दुवै मिर्गौला पिडित सञ्जिव केसी बचाउन अभियान”बाट उठेको उक्त रकम सञ्जिवलाई बुधबार उसकै निवासमा पुगेर हस्तान्तरण गरिएको थियो। हस्तान्तरणका क्रममा सामाजिक अभियन्ता बस्नेत,राजन बस्नेत,सामजिक व्यक्तित्व रत्न बहादुर केसी,नारायण ठकुरी, वडाका कार्यवहाक वडा अध्यक्ष खेम कुमारी श्रेष्ठ,९ कि वडा सदस्य किरण ओली, राष्टिय स्वतन्त्र पार्टी दोलखाका प्रवक्ता जयराम खड्का, पत्रकार राजकुमार भुजेल (निर) लगाएतको टोली सहित केसीको घरमा स्थानिय पुगेका थिए। 

 पिडित सञ्जिवकी आमा जुना केसीले छोराको उपचारको लागि आफ्नै एउटा मिर्गौला दिएर पनि थप उपचारको लागि पैसा अभाव हुदै गएको बताइन्। आफ्नो एउटा मिर्गौला छोरालाई दिएपनि छोरालाई समयसमयमा मिर्गौला प्लाजामा डायलासिस  गर्नुपर्ने भएको बताइन्। अभियान्ता निरज बस्नेतले आर्थिक सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै मिर्गौला पीडित सञ्जिवलाई  शीघ्र स्वास्थ्यलाभको कामना गरे। पिडित सञ्जिव केसीको श्रीमती र एक छोरा रहेका छन्। 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता