आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारभिमेश्वरमा जेष्ठ नागरिक तथा स्त्रिराेग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर, १६ सय बढि लाभान्वित

भिमेश्वरमा जेष्ठ नागरिक तथा स्त्रिराेग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर, १६ सय बढि लाभान्वित

by herdaherdaimedia
0 comments 5 views

राजकुमार भुजेल,दोलखा। भिमेश्वर नगरपालिकामा जेष्ठ नागरिक तथा स्त्रिराेग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा १६ सय बढि लाभान्वित भएका छन्। नगरपालिकाकाे आयाेजनामा गत चैत १३ देखि १९ गते सम्म वडागत शिविरमा १ हजार ६ सय ४५ जना लाभान्वित भएका हुन्।

नगरपालिकाको वडा नं १ देखि ९ सम्म निशुल्क स्वास्थ्य परीक्षण गर्दा १ हजार २ सय ५४ जना महिला र ३ सय ९१ जना पुरुषले स्वास्थ्य परीक्षण गरेको भिमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईंले जानाकारी दिए।

जसअन्तर्गत जनरल स्वास्थ्य सेवा तर्फ १ हजार २ सय ७९ जना, दन्त परिक्षण ३ सय ८२ जना,स्त्रि राेग ३ सय ८७ जना, फिजियाेथेरापि सेवा (४ नं वडामा मात्र) ३१ जना, प्रयाेगशाला परिक्षण ३ सय ६ जना,आँखा स्वास्थ्य सेवा १०२७ जना, माेतिया बिन्दु प्रमाणित अन्तगर्त ८९ जनाले स्वास्थ्य परीक्षण गरेका थिए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment