आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

भिमेश्वर नगरपालिकाले पहिरोमा आमा, बुबा र दाजु गुमाएका बालकलाई मासिक...

Home समाचारभिमेश्वर नगरपालिकाले पहिरोमा आमा, बुबा र दाजु गुमाएका बालकलाई मासिक १० हजार दिने

भिमेश्वर नगरपालिकाले पहिरोमा आमा, बुबा र दाजु गुमाएका बालकलाई मासिक १० हजार दिने

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा। 

भिमेश्वर नगरपालिकाले पहिरोमा आमा बुबा र दाजु गुमाएका २ वर्षीय बालकलाई मासिक १० हजार दिने भएको छ। आज बसेको कार्यपालिकाको बैठकले मासिक १० हजार र राम्रो व्यवस्था नहुन्जेल शिक्षा, पालन पोषण दिने निर्णय गरेको हो ।

त्यस्तै मृत्यु भएका उनको आमा बुवा र दाजु ३ जनाकै मृत्युसॅस्कार गर्न १ लाख र दाहसॅस्कार गर्न ४५ हजार दिने भएको नगरपालिकाले जनाएको छ। 

गत शनिबार  भिमेश्वर नगरपालिका – ६ मैदानेमा दिउसो अबिरल वर्षा सँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेल श्रीमान सहित उनको श्रीमती ३६ वर्षिय राधिका भुजेल र १५ वर्षिय छोरा सुजन भुजेलको मृत्यु भएको थियो 

भुजेलको कान्छो छोरोको भने जिवितै उद्धार गरिएको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment