आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home Bannerभिमेश्वर नगरपालिका – ७ मा आँखा शिविर सम्पन्न, १६५ जना लाभान्वित 

भिमेश्वर नगरपालिका – ७ मा आँखा शिविर सम्पन्न, १६५ जना लाभान्वित 

by herdaherdaimedia
0 comments 34 views

राजकुमार भुजेल, चरिकोट। भिमेश्वर नगरपालिका वडा नम्बर ७ मा आँखा शिविर सम्पन्न भएको छ। आइतबार (आज) तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, लायन्स क्लव अफ ,दोलखा लायन्स आँखा केन्द्र दोलखा ,भीमेश्वर नगरपालिका,वडा कार्यालय र मकैबारी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो।

मकैबारी स्वास्थ्य चौकीमा सम्पन्न भएको शिविरमा १ सय ६५ जना शिविरबाट लाभान्वित भएको वडा अध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो।शिविरमा ६८ जना पुरुष र ९७ जना महिला गरि जम्मा १ सय ६५ जनाले आँखा जाँच गराएका थिए। जसमध्ये १३ जनाको आँखा शल्यक्रिया गर्नुपर्ने देखिएको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment