दोलखा। भीमेश्वर नगरपालिका वडा नं २ दोलखाका वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई वडामा भएका विभिन्न गतिविधिहरुको असन्तुष्ट राख्दै नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पाटी र राप्रपाका पाटि प्रतिनिधिहरु बसि विभिन्न बुँदागत माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
वडा अध्यक्ष स्टालिन श्रेष्ठको कार्यकक्षमा पाटि प्रतिनिधिहरु नेपाली काग्रेस वडा प्रतिनिधि भरत प्रधान, नेकपा माओवादी केन्द्रका वडा संगठन अध्यक्ष अजय प्रधान, रास्वपा वडा प्रतिनिधि चरित्रकृष्ण जोशी र राप्रपा पाटी प्रतिनिधि सुजन कुसुलेले ध्यानाकर्षण पत्र सुनाएर संयुक्त हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा सहभागी नेपाली काग्रेस दोलखा जिल्ला प्रवत्ता राकेस श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखा जिल्ला सदस्य महेन्द्र नारायण सदस्य, प्रेम सेन्टर दोलखा जिल्ला सदस्य शिवजी प्रधान, स्थानिय मण्डु शाहीले वडा अध्यक्ष स्टालिन श्रेष्ठलाई वडामा भएका गतिविधिहरु वारे जिज्ञासा र सुझाव दिएका थिए ।
ध्यानाकर्षण कार्यक्रममा सहभागी राजनितिक दल र सहभागीहरुलाई वडा सदस्य राजेश श्रेष्ठले जनप्रतिनिधि भई आफुले सेवा गर्दै र भोग्दै आएका अनुभवहरु सुनाए र हामी एक जुट भएमा दोलखा बनाउन धेरै समय नलाग्ने जिकिर गरे । चार राजनितिक दलका प्रतिनिधहरु र सहभागीहरुले लिखित तथा मौखिक रुपमा राखेका जिज्ञासा र ध्यानाकर्षणलाई वडा अध्यक्ष स्टालिन श्रेष्ठले सम्बोधन गर्दै आजको भेटघाटले आफुलाई उर्जा मिलेको र बजेट निर्माणको पुर्वसन्ध्यामा भएको यो भेटघाटले बजेटको सिलिङ आउने वितिकै संगै बसेर बजेट निर्माण गर्ने, गत आर्थिक वर्षका योजनाहरुको समिक्षा तथा सार्वजनिक सुनुवाई गर्ने वडा भित्र भित्रिएका बजेट तथा योजनाहरुलाई राजनितिक दल, स्थानिय सरोकारवाला र नागरिक समाज संग छलफल गरेर मात्र अघि बढ्ने विकास निर्माण लगाएत वडा भित्रका हरेक गतिविधिमा हातेमालो गरेर ढिलामा ३ महिनामा एक चोटी छिटोमा महिनाको एकचोटी छलफलको लागि बैठक बस्ने प्रतिवद्धता जनाउदै ध्यानाकर्षण गरेका विषयहरुलाई गम्भीर रुपमा लिने बताए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!