भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

काठमाडौँ : नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसरमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ ।

कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङका अनुसार बैतेश्वर गाउँपालिका-२ मिर्गे लहरेमानेमा प्रतियोगिता हुनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए।

प्रतियोगिता चैत १६ गते सम्म चल्नेछ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता