भीमेश्वर नगरपालिकाको बजेट ८८ करोड भन्दा बढी 

दोलखा। भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८८ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।नगरपालिकाको पाँचौ नगर सभामा उपप्रमुख कमला बस्नेतले ८८ करोड ९ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजानिक गरेकी हुन् । 

उपप्रमुख बस्नेतले सार्वजनिक गरेको बजेटअनुसार नगरपालिकाले चालुतर्फ ५१ करोड ७४ लाख ७९ हजार रुपैयाँ अर्थात ५८ दशमलव ७४ प्रतिशत, पुँजीगततर्फ ३६ करोड ५ लाख ५ हजार रुपैयाँ अर्थात ४० दशमलव ९१ प्रतिशत र वित्त व्यवस्थातर्फ ३० लाख अर्थात शुन्य दशमलव ३५ प्रतिशत रकम विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक विकासमा ५ करोड २० लाख ८१ हजार ,सामाजिक विकासमा ४० करोड ४५ लाख ३ हजार, भौतिक पूर्वाधार विकासमा २८ करोड ८५ लाख ४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ५३ लाख २० हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेको छ । 

नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ९३ करोड १६ लाख १६ हजार ३ सय ४९ रुपैँया बजेट ल्याएको थियो ।आगामी बजेटमा नगरपालिकाले आन्तरिक आयबाट ६२ करोड ९१ लाख ८६ हजार , अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ७ करोड ५१ लाख ३५ हजार , संघको राजस्व बाँडफाँडबाट १० करोड ७० लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ६ करोड ११ लाख १५ हजार रुपैयाँ प्राप्त हुने बताएको छ । त्यस्तै स्थानिय रास्व बाडँफाडबाट ३० लाख आय हुने बजेटले प्रक्षेपण गरेको छ

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता