आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home Bannerभूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।

यसैगरी घाइतेहरुको उद्धारकार्य लगभग सकिएकाले अब पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिनेछ। जसअनुसार भूकम्पपीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने निर्णय सरकारले गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment