आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home Bannerभूकम्पमा परी १५७ जनाको मृत्यू

भूकम्पमा परी १५७ जनाको मृत्यू

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं । गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी मृत्यू हुनेको सङ्ख्या १५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यू भएको हो।

भूकम्पका कारण १७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् ।

घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाडौं ल्याइएको छ ।

अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् ।

नेपाल प्रहरीले आफ्ना ८६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६.४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment