काठमाडौं। सामाजिक सञ्जालमा ‘भेल्लु बाजे’का नामले चिनिएका प्युठानका मीनबहादुर बुढाको निधन भएको छ । बिहिबार बेलुका जिल्ला अस्पताल प्युठानमा उपचारको क्रममा निधन भएको जनाइएको छ।
अहिले ‘भेलु बाजे’ मीनबहादुर बुढाको निधन भएको खबर सामाजिक सञ्जालमा बाहिरिएपछि उनका फ्यानहरुले दुखद निधनको खबरले मर्माहत भएको भन्दै श्रदान्जली व्यक्त गरिरहेका छन् ।
प्युठान नगरपालिका- ४ का बुढामगर आफ्नो बोली व्यवहारका कारण केही महिनाअघिसम्म सामाजिक सञ्जालमा चर्चित थिए भने गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो । ६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ थिए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!