आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

भोलि तामाकोसी नदिमा पानीको सतह घटबढ हुने, सुनकोशी नदिको दोभानसम्म...

Home समाचारभोलि तामाकोसी नदिमा पानीको सतह घटबढ हुने, सुनकोशी नदिको दोभानसम्म सावधानी अपनाउन आग्रह 

भोलि तामाकोसी नदिमा पानीको सतह घटबढ हुने, सुनकोशी नदिको दोभानसम्म सावधानी अपनाउन आग्रह 

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल

दोलखा, ५ असोज आइतबार तामाकोसी नदिमा पानीको सतह घटबढ हुने भएको छ। विगु गाउँपालिका – १ मा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशय सफा गर्ने भएकाले पानीको सतह घटबढ हुने भएको हो।

शनिबार तामाकोसी जलविद्युत केन्द्रले एक सुचना सार्वजनिक गर्दै तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, दुनिटार, जामुने, भोलें, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह घटबढ हुने बताएको छ।

जसबाट कुनैपनि क्षति हुन नदिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म तामाकोशी नदिमा माछा मानें, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तानें जस्ता कार्यहरू नगर्न/नगराउनु हुन तथा नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न आग्रह गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment