भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं। सरकारले बिहीबारका लागि सार्वजनिक बिदा दिएको छ ।इस्लाम धर्मावलम्बीहरूको पवित्र चार्ड ईदका अवसरमा सरकारले बिदा दिएको हो।

बुधबार गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको एक सुचनामा उल्लेख गरिएको छ।

गृह मन्त्रालय सहसचिव रुद्रप्रसाद पण्डित द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ “मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ”।

#सार्वजनिक बिदा 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता