दोलखा। नेपाल साइकल यात्री अभिनय कार्कीले भोलि देखि विश्व साईकल यात्रा सुरू गर्ने भएका छन् । विश्व वातावरण दिवसको अबसरमा सुरु हुने सो यात्राले ‘वातावरण जोगाऔंँ’ भन्ने मुख्य सन्देश प्रवाह गर्ने उदेश्यले यात्री कार्कीले भोलि बिहिबार दोलखाको सदरमुकाम चरिकोटबाट यात्रा सुरू गर्ने भएका हुन्।
कार्कीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् “मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनको शुभारम्भ हुँदैछ । भोलि बाट म औपचारिक रुपमा विश्व साइकल यात्राको लागि दोलखा बाट बिदा लिदैछु ।”
त्यस्तै साइकल यात्रामा कार्कीले यस अघि २०७७ सालमा मेची – महाकाली पैदलयात्रा तथा २०७८ सालमा मा साईकल यात्रा मार्फत नेपालका ७७ जिल्ला भ्रमण गरिसकेका छन्। अब उनले साइकल बाटै संसार फन्को मार्ने छन् ।
जिल्लाको कालिञ्चोक गाउँपालिका – ३ लामिडाँडा घर भएका कार्की आफूलाई सहासिक र किर्तिमानी पुष्टि गरि छाड्ने अठोटका साथ अघि बढेका उनको भोलि बिहान साडे ८ बजे सदरमुकाम चरिकोटबाट धुमधामका साथ यात्रा सुरु हुनेछ ।।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!