मकवानपुर। मकवानपुरगढी गाउँपालिका-२ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तल्लो छापका २५ वर्षीय विनोद बम्जन रहेका छन्।
आज (शुक्रबार दिउँसो गाउँपालिका – ७ सुकौराबाट घरतर्फ आउने क्रममा उनलाई कार्की खोलाले बगाएको प्रहरी स्रोतले जनाएको छ। अहिले मकवानपुर गढीका प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको नेतृत्वमा र स्थानीको सक्रियतामा उनको खोजी कार्य जारी रहेको बताएको छ।
बम्जनलाई खोलामाथि आवतजावत गर्न ह्युपाइप राखिएको भए पनि एक्कासि बाढीको बहाव बढ्न जाँदा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।