आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारमध्यरातमा गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

मध्यरातमा गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

by herdaherdaimedia
0 comments 5 views

काठमाडौँ । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति १ बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका छन् । उनीहरु केही समान्य घाइते भएका छन् । पहिरोले पुरिएर काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको केसीले जानकारी दिए । 

घटनालगत्तै नजिकको प्रहरी युनिटबाट वुङगलबाट बरिष्ठ सई बीरबहादुर ढगुन्नाको नेतृत्वको टोली घटनास्थल पुगेको थियो । यसैगरी सोमबार बिहान बझाङ जिल्लाका सहायक सीडीओ, डीएसपी फणीन्द्र भण्डारी र रेडक्रसको टोली घटनास्थलतर्फ गएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment