मन्थलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ,९ जना घाइते 

मन्थली । रामेछापको मन्थलीमा मंगलबार जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन् । 

मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा ६२ वर्षीया माया विकको मृत्यु भएको हो। 

घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता