मन्थली -किर्ने- दोलखा- काठमाडौ सडक पुन: अवरुद्ध,मालुखोला नजिकै सडक भासियो 

राजकुमार भुजेल, दोलखा

दोलखा। मन्थली -किर्ने- दोलखा- काठमाडौ सडक पुनः अवरुद्ध भएको छ। आज बिहान मेलुङ गाउँपालिका – ७ स्थित मालुखोला नजिकै सडक भासिएपछि सडक अबरुद्ध भएको हो। 

सडक भासिएपछि अहिले मन्थली -किर्ने- दोलखा- काठमाडौ चल्ने ठुला तथा साना सवारीसाधन पुर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।

उनका अनुसार सडक अवरुद्ध भएपछि जफे, जिरो किलो, जामुने, मालु ,सहरे हुदैँ वैकल्पिक भित्री सडक प्रयोग गरि खिम्ति निस्किन सकिने छन ।त्यस्तै खुर्कोटको पुल बगाएपछि अहिले रामेछापबाट मन्थली -किर्ने हुदैँ दोलखा- काठमाडौ आउजाउ गरेका थिए। अहिले सडक खुलाउने प्रयास भइरहेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता