आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारमाओवादीले कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी गर्दै

माओवादीले कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी गर्दै

by herdaherdaimedia
0 comments 6 views

विराटनगर। नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि माओवादी कोशी सरकारबाट बाहिरिन लागेको हो ।

केन्द्र सरकार परिवर्तन हुँदासमेत कोशी सरकार नछाडेको भन्दै माओवादीको तीव्र आलोचना भइरहेको छ ।नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेको छ । तर, कोशीमा भने माओवादीले सरकार छाडेको छैन ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ भने बन्दना झाँगड राज्यमन्त्री हुनुहुन्छ ।

माओवादीका मन्त्रीहरुले आजै राजीनामा दिएर सरकार छाड्ने तयारीमा रहेको बताइएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment