दोलखा, साउन १७
दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाको आठौं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत नेकपा माओवादी केन्द्रका रितबहादुर खड्का संघको अध्यक्षमा निर्वाचित भएका हुन्।
नव निर्वाचित कार्यसमितिमा
उपाध्यक्ष – शान्ति प्रसाद रिमाल,
महिला उपाध्यक्ष – शारदा दाहाल उप्रेती,
सचिव – पुन्य प्रसाद चौलागाईं,
र कोषाध्यक्ष – अर्जुन नेपाली चयन भएका छन्।
शनिबार दोलखाको मैनापोखरीस्थित जनसचेतना बचत तथा ऋण सहकारीको सभा हलमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
नव निर्वाचित अध्यक्ष खड्काले स्थानीय उद्योग, व्यापार र व्यवसायको प्रवर्द्धनमा आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। उनले संघलाई सबै व्यवसायीहरूको साझा मञ्चको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए।
अधिवेशनले व्यवसायीहरूबीच सहकार्य, सशक्तिकरण र संस्थागत विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।