माओवादी केन्द्र गौरीशंकर -७ मार्बुको वडा सम्मेलन सम्पन्न

दोलखा।

नेकपा माओवादी केन्द्र गौरीशंकर – ७ मार्बुको वडा सम्मेलन सम्पन्न भएको छ। शनिबार माओवादी केन्द्र निकटका भिभिन्न संगठनहरुलाई जिम्मेवारी दिँदै सम्मेलन सम्पन्न गरेको हो ।

नेकपा माओवादी केन्द्र, मार्बु वडा कमिटीमा पासाङ शेर्पाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको जिल्ला पार्टी प्रवक्ता पुष्कर कुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार वाइसिएल वडा कमिटीमा निमदोर्जे शेर्पाको अध्यक्षतामा २५ र अनेमसंघ क्रान्तिकारी वडा कमिटीमा पनि समफुटि शेर्पाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको हो।

सम्मेलनको उद्घाटन पुर्व प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले गरेका थिए। सम्मेलनमा पार्टिका नेता, कार्यकर्ता, बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता