दोलखा। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासँघ (क्रान्तिकारी) दोलखाको जिल्ला अध्यक्षमा टेकबहादुर मगर चयन भएका छन्। शुक्रबार सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न भएको दोस्रो जिल्ला भेलाले मगरको नेतृत्वमा २७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा पुस्कर शिवाकोटी र लालबहादुर घिमिरे, कोषाध्यक्षमा सविना थामी, सचिवमा चेतबहादुर बुढाथोकी चयन भएका छन् भने सहसचिवमा जनहरी उप्रेती चयन भएका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शंकर लामाको प्रमुख आतिथ्यतामा र किसान महासँघ (क्रान्तिकारी) दोलखाका अध्यक्ष भरत ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!