माओवादी केन्द्र बैत्यश्वर गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्दै दाेश्राे सम्मेलन सम्पन्न, अध्यक्षमा घिमिरे 

राजकुमार भुजेल

दोलखा,पौष १५- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैत्यश्वर गाउँपालिकाको दोश्रो सम्मेलन सम्पन्न भएको छ। सोमबार सम्पन्न भएको सम्मेलनले भुवन घिमिरेको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका पार्टी कमिटी चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा लालकाजी बस्नेत ,सालिकराम उप्रेती, सचिवका विनोद घिमिरे र सह-सचिवमा उसा तामाङ चयन भएका छन् भने कोषाध्यक्षमा अम्मर तामाङ चयन भएको नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्ता पुष्कर अधिकारीले जानकारी दिए।

सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रकी नेत्री देवी खड्काले गरेकी थिइन। त्यस्तै पञ्चेबाजागाजासहित निकालिएको र्याली सम्मेलनमा माओवादीका नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता