भदौं ३ , काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै, “मानव तस्कर आफ्नै पार्टीभित्र छन्” भन्ने कडा टिप्पणी गरेका छन्। सोमबार साँझ बालुवाटारमा कांग्रेस र एमाले शीर्ष नेताहरूको बैठकमा बोल्दै ओलीले रास्वपाका सांसदहरूले मानव तस्करीको मुद्दामा संसद् अवरुद्ध गरिरहेकाले त्यस विषयमा कदम चाल्नुपर्ने बताएका थिए।
“उनीहरूले संसदमा नाराबाजी गर्दै आएका छन्, तर तिनै मान्छे उपसभामुख भएर बसेका छन्,” ओलीको भनाइ उदृत गर्दै स्रोतले बतायो, “हामीले प्रक्रिया अघि बढाउनैपर्छ।”
उनको भनाइपछि उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने विषयमा कांग्रेस पनि सहमत भएको बैठक स्रोतले जनाएको छ। अब यो विषय संसदमा औपचारिक रूपमा अघि बढ्ने सम्भावना बढेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!