आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारमेलुङको पवटीमा अस्थायी प्रहरी चौकी स्थापना

मेलुङको पवटीमा अस्थायी प्रहरी चौकी स्थापना

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल, दोलखा।

मेलुङ गाउँपालिकाको पवटीमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ। गाउँपालिकाको १ नम्बर स्थित पवटीमा समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो।

बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष हिरा कुमार तामाङको प्रमुख आतिथ्यता र जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख शिबराम गेलालको अध्यक्षतामा चौकी उद्घाटन गरिएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, १ नम्बर वडाका वडा अध्यक्ष ईश्वर कोईराला, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख युवराज खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए।

हाल प्र.स.नि शिवहरी अधिकारीको कमाण्डमा ५ जनाको जनशक्ति खटाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment