दोलखा।
एच.पि.भी खाेपका लागि पालिका स्तरीय समन्वय समितिकाे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । सोमबार मेलुङ गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हो ।
एच .पि. भी काे पूरा अर्थ Human papilloma virus र मेलुङ गाउँपालिकामा यही माघ २२ गते देखि २६ गते सम्म २३ वटा खाेप केन्द्र संचालन गरि खाेप लगाइनेछ भने देशभर याे अभियान माघ २२ गते देखि फागुन ६ गते सम्म संचालन हुँदैछ।गाउँपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ मा अध्ययन गर्ने ८९ जना छात्रा र कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने ५०८ छात्राहरु गरि जम्मा ५९७ जना छात्रा किशोरीहरुलाई उक्त एच. पि. भी खाेप लगाइने र मेलुङ गाउँपालिका भित्र विद्यालय नजाने लक्षित वर्गका कुनै किशोरीहरुकाे तथ्यांक फेला नपरेकाे स्वास्थ्य शाखा प्रमुख चापागाईंले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष ,वडा अध्यक्ष , स्वास्थ्य समन्वय समिति, सञ्चारकर्मी र सम्बन्धित सराेकार वालाहरुलाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईंले खाेपकाे लगाउने समय, स्थान,उमेर समूह,खाेपकाे दीर्घकालीन फाइदा आदि विषयमा सहजीकरण गरेका थिए ।