दोलखा।
दोलखाको मेलुङ गाउँपालिकामा कृषकलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । किसानलाई कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले पालिका भित्रका सात वटै वडाका ३८ जना कृषकलाई खेतबारी जाेत्ने हाते ट्याक्टर ( मिनी टिलर) वितरण गरेकाे हो ।
मेलुङ गाउँपालिकाकाे आर्थिक सहयोग तथा हेफर प्राेजेक्ट नेपालकाे साझेदारीमा सामुदायिक विकास मञ्च सिडिएफ दाेलखा द्वारा संचालित मेलुङ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियाेजना अन्तर्गत उपहार समूहमा छनौट भएका कृषकहरुलाई वितरण गरिएको जनाइएको छ। पालिकाका अध्यक्ष हिरा कुमार थोकरले सोमबार पवटीमा एक कार्यक्रमका बीच कृषकहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । पालिकाको वडा नम्बर १ मा १० वटा, २ वडामा ४ वटा , ३ वडामा ५ वटा, ४ वडामा ६ वटा, ५ वडामा ४ वटा,६ वडामा ५ वटा र ७ वडामा ४ वटा गरी जम्मा ३८ जना कृषकहरुलाई ३८ वटा ट्याक्टर वितरण गरिने गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन ।
त्यस्तै हस्तान्तरण कार्यक्रममा १ नम्बर वडा पवटीका वडा अध्यक्ष ईश्वर काेइराला, सिडएफ नेपाल दाेलखाका अध्यक्ष राजु थापा,वडा सदस्य कमल बुढाथोकी, सामाजिक सहजकर्ता सरिता भुजेल लगायतको उपस्थिति रहेकाे थियाे।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!