मेलुङ गाउँपालिकाले गर्‍यो कार्यसम्पादनमा उत्कृष्ट ६ कर्मचारीलाई सम्मान

अबिरल बस्नेत ` सुरज ´

दोलखा । मेलुङ गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको छ । शनिबार २१ औं निजामती कर्मचारी दिवसको अवसरमा गाउँपालिकाले ६ जना कर्मचारीलाई सम्मान गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्जय शिवाकोटी, रोजगार संयोजक रामकाजी काफ्ले, प्राविधिक शाखाका गौतम रिमाल, स्वास्थ शाखाका राम योगी, वडा सचिव योगेश श्रेष्ठ र कार्यालय सहयोगी मेनुका कार्कीलाई गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ र उपाध्यक्ष गायत्री आचार्यले नगदसहित सम्मान गरेका हुन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता