आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home Bannerमैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

by herdaherdaimedia
0 comments 5 views

अबिरल बस्नेत ` सुरज´

दोलखा : गौरीशंकर गाउँपालिकामा गाउँपालिका स्तरीय शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुको मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सोमबारदेखि सुरीको हलेश्वर नमूना माविमा प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउंपालिका अध्यक्ष विश्वास कार्कीले नजिकिंदो दशैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदानसंगै खेलकूद प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु.३० हजार , २० हजार र १० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता भोलीसम्म चल्नेछ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment