काठमाडौं। मोडल ऋचा न्यौपाने र गायक निशान भट्टराई बीच सम्बन्ध विच्छेद भएको छ । गत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
२०७७ सालमा यी दुईबीच कानुनी विवाह भएको थियो । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै वैवाहिक सम्बन्धनलाई टुङ्ग्याएका हुन् ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणाम समेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!