आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerमोबाइल चार्ज गर्दा करेन्ट लाग्दा युवक घाइते

मोबाइल चार्ज गर्दा करेन्ट लाग्दा युवक घाइते

by herdaherdaimedia
0 comments 18 views

दोलखा, भदौ १ – दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा मोबाइल चार्ज गर्दै प्रयोग गर्ने क्रममा करेन्ट लाग्दा एक युवक घाइते भएका छन्।

२८ वर्षीय दिपक क्षेत्री आफ्नै घरमा मोबाइल चार्जमा राखी चलाउँदा करेन्ट लागी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

उक्त घटना आइतबार राति करिब ८:३० बजे भएको हो। अनुहार र दाहिने हातमा चोट लागेका घाइते क्षेत्रीलाई सुरुमा सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाण्डौस्थित KMC अस्पताल रिफर गरिएको छ।

अहिले घाइतेको बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment