आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारमौसम विभागले जारी गर्‍यो दशैं विशेष मौसम बुलेटिन, चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम विभागले जारी गर्‍यो दशैं विशेष मौसम बुलेटिन, चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं ।

शैंमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंको लागि विशेष बुलेटिन जारी गरेको छ । दशैमा चार प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस वर्ष दशैको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment