आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

यातायात व्यवसायी र चालकहरुसँग सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण...

Home समाचारयातायात व्यवसायी र चालकहरुसँग सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम

यातायात व्यवसायी र चालकहरुसँग सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम

by herdaherdaimedia
0 comments 8 views

 दोलखा।

दोलखामा यातायात व्यवसायी र चालकलाई सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार सदरमुकाम चरिकोटमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको समन्वय र जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो। 

कार्यक्रममा ट्राफिक प्रहरीले यातायात व्यवसायी र सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा सचेतना अपनाएर दुर्घटना न्यूनीकरणमा सघाउन आग्रह गर्दै दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतो, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराई, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै यातायात व्यवसायी,विभिन्न सरोकारवालाका पदाधिकारीहरु, सवारी चालक ,सह-चालक लगायतको उपस्थिति रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment