आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारयो वर्षको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने

यो वर्षको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने

by herdaherdaimedia
0 comments 3 views

काठमाडौँ । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार यसपालि पुराना तर सुकिला नोटहरू साटिनेछन् तर नयाँ नोटहरू उपलब्ध गराइने छैनन्।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैं–तिहारको अवसरमा नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको थियो तर खर्च व्यवस्थापनमा आएको समस्याका कारण केही वर्षयता नयाँ नोटको सट्टा सुकिला नोट साट्ने प्रचलन सुरु गरिएको हो।

यस वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका साना दरका नोटहरू साट्न सकिने सुविधा उपलब्ध गराउनेछ। प्रति व्यक्ति लगभग १८ हजार ५०० रुपैयाँसम्मको नोट साट्न पाइने जानकारी राष्ट्र बैंकले दिएको छ। हाल नेपाली बजारमा ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment