आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारयो वर्ष मनसुन केही दिन लम्बिन सक्ने, दशैँमा पानी पर्ने सम्भावना

यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने, दशैँमा पानी पर्ने सम्भावना

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं। 

नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् ।

मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका भेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताए। सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसवर्ष दुई दिन अघि भित्रिएको मनसुन झण्डै एकहप्ता ढिलो गरि बाहिरिने सम्भावना बढेकोेले यस वर्ष दशैँमा झरी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको छ । मौसमविद् प्रतिभा मानन्धरले ८–१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वभाविक रहेको बताए। 

भारतबाट मनसुन बाहिरिएपछि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम शुरु हुनेमा अहिलेसम्म भारतमा मनसुन बाहिरिएको घोषणा नभएकाले पनि नेपालबाट अझै ढिलो मनसुन बाहिरिने सम्भावना बढेको मौसमविद्ले बताएका छन्  । यस वर्षको मनसुन  तत्काल बाहिरिने सम्भावना  नदेखिएकाले दशैँसम्म पनि पानी पर्ने पूर्वानुमान भएको हो  ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment