आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचाररामेछापका भुजेल बेपत्ता घटनामा एकजना पक्राउ

रामेछापका भुजेल बेपत्ता घटनामा एकजना पक्राउ

by herdaherdaimedia
0 comments 4 views

हेर्दाहेर्दै डेक्स, रामेछाप।

रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रवार रातिदेखि बेपत्ता रहेका छन् ।

प्रहरीले तामाकोशी नदीमा उनको खोजतलास गरिरहेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ दुवै जनासँगै रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

शुक्रवार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment