आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचाररामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा

रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा

by herdaherdaimedia
0 comments 7 views

काठमाडौँ ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको दुर्घटनामा निधन भएकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार गाउँपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत शोक बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कार्यालयहरुबाट अत्यावश्यक सेवा प्रवाह भने हुनेछ ।

यही मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका (बेताली) आउने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ नम्बर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको निधन भएको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment