राष्ट्रपतिले गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण भएको छ ।बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते र राष्ट्रियसभाबाट भदौ ६ गते पारित भएको थियो ।विधेयक २०७९ फागुन २५ गते संसद्‌मा दर्ता भएको थियो । ०८० वैशाख ५ गते संसद्को कानुन समितिमा पठाएको थियो ।

समितिले झन्डै १६ महिनापछि साउन २४ गते सर्वसम्मत पारित  भएको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता