राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, चुनावमा एक्लै लड्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । बुधबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले चुनावमा एक्लै लड्ने निर्णय गरेको हो ।

तर गठबन्धन गर्ने/नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । ‘हाम्रो पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेका छौं,’ उनले भने, ‘अब एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ । गठबन्धन गर्ने/नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार हुने हो ।’

साथै माओवादीले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच माओ‌वादीको स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको हो ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता